arrow

क्षतिग्रस्त संसद भवनको मन्त्रीहरूद्वारा अवलोकन [भिडियो]

भवनलाई पुरानै अवस्थामा फर्काउन तत्काल र दीर्घकालीन योजना बनाएर काम अगाडि बढाइने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १ बुधबार
kulman-02-03.jpg

काठमाडौं। जेन–जी प्रदर्शनकारीहरूले आगजनी गरी क्षतिग्रस्त बनाएको संघीय संसद भवनको बुधबार विभिन्न मन्त्रीहरूले अवलोकन गरेका छन्। अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङ, र गृह तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले नयाँ बानेश्वरस्थित भवनको स्थलगत निरीक्षण गरेका हुन्।

अवलोकनका क्रममा मन्त्री घिसिङले क्षतिग्रस्त भवनलाई पुरानै अवस्थामा फर्काउन तत्काल र दीर्घकालीन योजना बनाएर काम अगाडि बढाइने जानकारी दिए। उनले भने, "क्षतिको तत्काल आँकलन गरेर यसलाई कसरी अल्पकालीन र दीर्घकालीन योजनाअनुसार पुनर्निर्माण गर्ने भन्ने विषयमा हामी तत्कालै अघि बढ्छौं।"

उनले तत्कालका लागि भवनको सरसफाइ र डिजाइनको काम सुरु गरिने पनि बताए। "यसलाई पहिलाकै अवस्थामा पुर्याउन केही समय लाग्छ, तर हामी तत्काल गर्नुपर्ने कामहरू, जस्तै सरसफाइ, तुरुन्तै गर्छौं," घिसिङले थपे।

यसअघि पनि मन्त्री घिसिङले प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालय लगायतका अन्य क्षतिग्रस्त भवनहरूको अवलोकन गरी क्षतिको यकिन विवरण सङ्कलन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ