स्वास्थ्य मन्त्रालयको सेवा स्वास्थ्य अनुसन्धान परिषद्बाट सुचारु हुने
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २९ आइतबार
803
Shares
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब आफ्नो सेवा स्वास्थ्य अनुसन्धान परिषद् बाट सुचारु गर्ने भएको छ। जेन-जी आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयको भवन पूर्ण रूपमा ध्वस्त भएपछि शून्यबाट काम सुरु गर्नुपर्ने अवस्था आएको मन्त्रालयका सचिव डा. विकास देवकोटाले बताएका छन्।
आइतबारबाट नियमित काम सुरु भएको जानकारी दिँदै सचिव देवकोटाले सिंहदरबारभित्रको परिसरमा रहेको NHRC बाट सबै निकायसँग समन्वय गरी कामलाई प्रभावकारी बनाउने सोच रहेको बताए। उनले नयाँ सोच र आत्मबलका साथ मिलेर स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
सचिव देवकोटाले स्वास्थ्य सेवा विभागको पनि निरीक्षण गरेको र मन्त्रालयका सबै कामहरू विभागबाटै भइरहेको जानकारी दिए।
जेन-जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयसहित सिंहदरबार, संसद भवन र अन्य सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गरेका थिए। अहिले सर्वोच्च अदालत र केही मन्त्रालयहरूले पाल टाँगेर सेवा दिन थालेका छन्।