arrow

एक सय २६ कैदीबन्दी कारागार फर्किए

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २७ शुक्रबार
chitwan-karagar.jpg

चितवन । कारागार कार्यालय भरतपुरबाट भागेका कैदीबन्दी फर्कने क्रम जारी छ । बिहीबार सबै कैदीबन्दीको घरपरिवारमा सम्पर्क गरिएको थियो ।

सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन् । कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार अहिलेसम्म १२६ कैदीबन्दी फर्किएका छन् ।

उनले भने, “बुधबार बिहान ७४० कैदीबन्दी कारागर फोरेर भागेका थिए ।” भागेका कैदीबन्दीलाई समेत सम्पर्क गरेर तत्काल कारागार आउन भनिएको प्रमुख ढुङ्गानाले बताए ।

उनले भने, “कतिय सम्पर्कमा हुनुहुन्छ । कारागार आउने क्रम जारी छ ।” कारागारमा रहेका ४६ महिलामध्ये १५ आइसकेका छन् ।

करिब ५० जना भने सम्पर्कमा नआएको उनले जानकारी दिए । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ