-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
पोखरा । कास्की कारागारमा रहेका कैदीबन्दी कारागार तोडेरै भागेका छन् । जेनजी प्रदर्शनकारीको सहयोगमा कारागार तोडेर उनीहरु भागेका हुन् ।
कारागार जलाउने सूचना पाएको प्रहरीले सुरक्षा व्यवस्था कडा पारे पनि कैदीबन्दीले भित्रैबाट तोडफोड गरेका थिए ।
सो क्रममा सुरक्षाका लागि खटिएका प्रहरीमाथि कुटपिटसमेत भएको थियो ।
कारागारमा कुल नौ सय ८६ जना कैदीबन्दी रहेकामा ३५ जना महिला थिए ।
कास्की कारागारमा कारागारको नियुक्तिको विषयले केही अघि ठूलै हंगामा मच्चाएको थियो ।