arrow

(अपडेट) कुलेश्वरमा आगलागी, एक दर्जन सटरमा असर, डेढ घण्टामा नियन्त्रण

logo
प्रकाशित २०७३ माघ १७ सोमबार
Kuleshwor-Aaaglagi.jpeg
काठमाडौँ । कुलेश्वरको नयाँबस्तीस्थित नवील बैंक अगाडि गौतम स्टोरमा आइतबार राति आगलागी भएको छ । कालिमाटी प्रहरीका अनुसार राति ८ः३० मा सुरु भएको आगलागी प्रहरी, दमकल तथा स्थानीयवासीको सहयोगमा करिब डेढ घन्टापछि नियन्त्रणमा लिइएको छ । 
 
महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी सहायक निरीक्षक सुदीप पोखरेलका अनुसार विद्युत सर्ट भई आगलागी भएको र के कति नोक्सान भयो भन्ने बारेमा अनुसन्धान भइरहेको छ । 
 
छवटा दमकल र १० वटा ट्याङ्करबाट पानी ल्याएर आगो निभाउने कार्यमा प्रहरी र सेना लागिपरेका थिए । 
 
आगलागी भएको सटर वरपर करिब १०–१२ वटा सटरमा समेत आगलागीको असर परेको छ । 
 
आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ