arrow

कुलेश्वरमा भीषण आगलागी, क्षतिको विवरण आउन बाँकी

logo
प्रकाशित २०७३ माघ १६ आइतबार
Kuleshwor-Aaaglagi.jpeg
काठमाडौं । कुलेश्वरमा आईतबार राती भीषण आगलागी भएको छ । कालीमाटी प्रहरीले कुलेश्वरकाे नबिल बै‌क नजिक आगलागी भएको पुष्टि गर्दै यसको क्षतिको विवरण यकीन भईनसकेको जनाएको छ । अहिले आगोे नियन्त्रणको लागि सुरक्षकर्मीको टोली त्यहाँ पुगिसकेको छ भने काठमाडौं भक्तपुर र ललितपुरबाट आएको दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । 
 
कालीमाटी प्रहरी वृत्तका डिएसपी नवराज अधिकारीले आगलागी भएको पुष्टि गर्दै आगलागी नियन्त्रणमा नआएसम्म यसको क्षतिको विवरण दिन नसकिने बताए । आगो कहाँबाट सुरु भयो र यसले कति क्षति पुर्यायो भन्ने पनि यकीन भईसकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ