arrow

मंगलबार बिहानलाई कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
congress-party-office-05-16.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसले मुलुकको पछिल्लो अवस्थाबारे छलफल गर्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

मंगलबार बिहान ९ः०० बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । आज ‘जेन–जी’ले काठमाडौँमा गरेको प्रदर्शनका क्रममा १८ जनाको मृत्यु भएको छ भने झण्डै पाँच सय प्रदर्शनकारी घाइते भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ