सामुदायिक विद्यालयमा विद्यार्थी अभाव हुनु चिन्ताको विषय : उपप्रधानमन्त्री सिंह
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २० शुक्रबार
479
Shares
काठमाडौं। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन्। शुक्रबार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले बसाइसराइलगायतका कारणले यस्तो समस्या आएको बताए।
सिंहले अब सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार गरी उचित सदुपयोग गर्नुपर्नेमा जोड दिए। उनले राजनीतिमा आएको परिवर्तनका कारण नेपालमै विद्यार्थीले चाहेको विषय पढ्न सक्ने अवस्था आएको बताए। यद्यपि, अध्ययनका लागि विदेश जान चाहनेलाई रोक्न भने नसकिने उनको भनाइ छ।
उनले विद्यार्थी अनुशासित हुनुपर्ने र प्राप्त अवसरको महत्त्वलाई बुझेर अघि बढ्नुपर्नेमा जोड दिए।