एनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १९ बिहिबार
691
Shares
काठमाडौँ। एनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटेल र बैङ्कबीच सम्झौता सम्पन्न भएको छ। यस समझदारीसँगै यस बैङ्कका ग्राहकहरूले नगरकोटमा रहेको माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ। यस बैङ्कका ग्राहकहरूले उक्त होटेलमा कुनै पनि सेवा लिँदा उक्त छुट प्राप्त गर्न सकिने छ।
यस सुविधाको उपयोग गर्न ग्राहकहरूले यस बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मो बैङ्क एप मार्फत भुक्तानी गर्नु पर्नेछ। उक्त होटेलसँगको यस सहकार्यले ग्राहकहरूलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगद रहित कारोबारमा सहयोग पुग्ने बैङ्कले विश्वास लिएको छ।