एकैदिन दुई ठाउँमा भूकम्प, दोलखाको लापिलाङ केन्द्रविन्दूले आसपासका जिल्लामा महसुस
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १७ मंगलबार
776
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ३ः१३ बजे दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प भएको हो ।
उक्त भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको थियो । आज बिहान पनि गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भूकम्प भएको थियो ।