arrow

दलका ढोका चाहार्दै शिक्षकहरू

हामीलाई संघले नियुक्त गरेको हो, संघमै रहन पाउनुपर्छः शिक्षक महासंघ [भिडियो]

‘स्थानीय तहले अध्ययन, अनुगमन, निगरानी गरोस् केही फरक पर्दैैन तर हामीलाई संघले नियुक्त गरेको हो, हामी संघकै हुनुपर्छ’

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १५ आइतबार
teacher-union.jpg

काठमाडौँ । शिक्षक महासंघले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आइतबार धर्ना दिएका छन् । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत महासंघले नेकपा एसको पार्टी कार्यालयमा धर्ना दिएका हुन् ।

आइतबार बिहान ११ देखि दिउसो १ बजेसम्म २ घण्टा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए । उनले यो प्रतिनिधिमूलक धर्ना भएको समेत बताए ।

उनले भने, ‘अहिले पहिलो चरणको नेपाल शिक्षक महासंघको आन्दोलनको पहिलो कार्यक्रमअन्तर्गत छौँ । भाद्र ११ गतेबाट हामीले धर्नाको कार्यक्रम सुरु गर्यौँ । ११ गतेबाट दलको केन्द्रीय कार्यालयमा धर्ना गर्ने कार्यक्रममा छौँ । यो प्रतिनिधिमूलक धर्ना हो । शिक्षक महासंघले पहिले दिन नेपाली कांग्रेसको कार्यालय, नेकपा एमालेको कार्यालय, माओवादीको कार्यालयमा र चौथो दिन हामी नेकपा एकीकृत समाजवादीको कार्यालयमा धर्ना गर्दैछौँ ।’ 

सरकारले आफूहरुसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेकाले सच्चाउन दवाव दिन भन्दै शिक्षकहरुले राजनीतिक दलका कार्यालयमा धर्ना दिएको उनले बताए ।

अध्यक्ष सुवेदीले संघले नियुक्त गरेको शिक्षक संघकै हुनुपर्छ भन्ने आफूहरुको माग रहेको स्पष्ट पारे । 

उनले भने, ‘स्थानीय तहले अध्ययन, अनुगमन, निगरानी गरोस् केही फरक पर्दैैन । तर हामीलाई संघले नियुक्त गरेको हो, हामी संघकै हुनुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ