arrow

बालेनले महानगर प्रहरीको कामबारे भने – सिनेमा हेरेजस्तो 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १४ शनिबार
balen-82-5-14tt.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने गरेको बताएका छन् । ३३ औँ महानगर प्रहरी दिवसको अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

उनले सानोमा आफूले हलिउड फिल्म हेर्दाखेरी सिटी पुलिसले गरेको जस्तो काम अहिले काठमाडौँ महानगर प्रहरीले गरिरहेको बताए । फिल्ममा देखाईएको काम रियलमा हुनु खुशीको कुरा भएको उनले बताए । उनले काठमाडौँ महानगरबाट धेरै पालिकाहरुले काम गर्ने शैली सिक्न खोजेको पनि बताए । 

त्यसमा महानगर प्रहरीको ठूलो योगदान रहेको उनको भनाई छ । काठमाडौँ महानगरपलिका भित्रका सार्वजानिक सम्पत्तिको संरक्षण गर्ने, अतिक्रमण हटाउने, महानगरपालिकामा सुशासन, सुव्यवस्था, अनुगमन गर्ने कामहरुमा नगरप्रहरीको महत्वपूर्ण भूमिका रहेको उनले बताए । 

उनले महानगर प्रहरी आगामी दिनमा पनि अन्य सिटी प्रहरी र स्थानीय तहका सरकारहरुको लागि सिकाईको रुपमा रहने विश्वास व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ