arrow

राज्यव्यवस्था समिति सभापतिको निर्वाचन बुधबार, कांग्रेसले न्यौपानेलाई बनायो उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १० मंगलबार
ishwaridevi-neupane-congres.jpg

काठमाडौँ । नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदमा ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको पार्टीका शीर्ष नेताको बैठकले सो निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगनकुमार थापा र शर्मा उपस्थित थिए । 

नयाँ सभापतिका लागि बुधबार निर्वाचन हुँदैछ । आज दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म उम्मेदवार मनोनयन गर्ने कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ । कांग्रेस सांसद रामहरि खतिवडाले सभापतिबाट राजिनामा दिएपछि उक्त पद रिक्त थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ