arrow

देउवाले आफु भाषण गरे, कार्यकर्ता दिनभर पानीमा भिजाए

logo
प्रकाशित २०७३ माघ १४ शुक्रबार
deuba-ganeshmanko-batoma.jpeg

सल्यान । काँग्रेस सभापति शेरबहादुर देउवाले एक वर्षभित्रमा तीनैतहको निर्वाचन हुनुपर्ने बताएका छन् । शुक्रबार सदरमुकाम खलङ्गामा आयोजना गरेको बृहत भेलालाई सम्बोधन गर्दै सभापति देउवाले एक वर्षभित्रमा स्थानीय, प्रान्तीय र केन्द्रीय चुनाव भएमा मात्र संविधानको पूर्ण कार्यान्वयन हुने सुनाए ।

उनले भने, ‘राजनीतिक अस्थिरताले देशले विकासको गति लिन सकेको छैन यसका लागि पनि संविधानको पूर्ण कार्यान्वयन आवश्यक छ । संविधानको पूर्ण कार्यान्वयन भएमा मात्र प्रजातन्त्र बलियो हुन्छ ।’ दलीय एकताबिना चुनाव हुन नसक्ने भएकाले सबै दलको सहमतिमा चुनावको मिति घोषणा गर्नुपर्ने सभापति देउवाको भनाई छ ।

सदरमुकाम खलङ्गाको टुंडिखेलमा आयोजना गरिएको कार्यक्रम वर्षाका कारण वालमन्दीरमा सारिए पनि हल सानो भएका कारण कार्यकर्ताहरु दिनभरजसो पानीमा भिजेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्पतमा लोडसेडिङको कुरा गर्दागर्दै विजुली गए जस्तो काँग्रेस सभापति देउवाले समेत दिनभर कार्यकर्तालाई पानीमा भिजाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ