तनहुँ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको जामुनेमा शुक्रबार जिपले मोटरसाइकललाइ ठक्कर दिदा एक जनाको मृत्यु भएको छ। र्पूवबाट दमौली तर्फ आउदै गरेको ग १ च२८ ९३ नम्बरको जिपले दमौलीबाट जामुने तर्फ जादै गरेको ग ३ प २१९३ नम्बरको मोटरसाइकल लाई ठक्करदीदा मोटरसाइकल चालाक जामुने २ निवासी चुन नारायण बिकको मृत्यु भएको हो।
जिपको ठक्करबाट गंभीर घाइते भएका बिकको दमौलिको रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। ठक्कर दिने जीप तथा चालकलाई जिल्ला प्रहरी कार्यलय तनहुँले नियन्त्रणमा लिएको छ।