arrow

प्रचण्डले राजनीति छोड्दा गर्ल्यामगुर्लम हुने के छ ?- मिनेन्द्र रिजाल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ७ शनिबार
minendra-05-07.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई लक्षित गर्दै 'राजनीति छोड्दा गर्ल्यामगुर्लम हुने के छ?' भनी प्रश्न गरेका छन्। उनले केही समयअघि प्रचण्डले दिएको 'मैले राजनीति छोडिदिएँ भने सबै गर्ल्यामगुर्लम झर्छ' भन्ने अभिव्यक्तिमाथि व्यङ्ग्य गरेका हुन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै रिजालले पृथ्वी नै बोकेको जस्तो गरी नेताहरू राजनीतिमा अड्किरहने प्रवृत्तिमाथि प्रश्न उठाए। उनले राजनीतिक दलहरूमा पुस्तान्तरण नहुने र त्यो राजतन्त्रमा मात्र हुने पनि बताए। राजनीतिमा जसले सक्छ, त्यसले नेतृत्व लिने उनको भनाइ थियो।

रिजालले नेपाली काँग्रेसमाथि टिप्पणी गर्दै 'धुलो लागेको' बताए। उनले काँग्रेसको धुलो पुछ्ने काम मात्रै भएमा काँग्रेस काँग्रेस जस्तो देखिने धारणा राखे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ