बागमतीमा नदीको जलसतह बढेसँगै काठमाडौँमा सतर्कता अपनाउन आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ६ शुक्रबार
742
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । काठमाडौँमा लगातारको वर्षापछि बागमती नदीमा जलसतह बढेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार राति १२ः०५ बजे काठमाडौँ जिल्लास्थित बागमती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको थियो ।
विभागले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह गरेको छ । बिहान वर्षा नभए पनि मौसम बिग्रिएकाले खतरा टरेको छैन ।