उनापानीमा विभिन्न पार्टी त्यागेर कांग्रेसमा प्रवेश
जनकबहादुर शाही,
प्रकाशित २०८२ भदौ २ सोमबार
2.6k
Shares
हुम्ला । सर्केगाड गाउँपालिका–३, उनापानीका २२ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। सोमबार नेपाली कांग्रेस वडा कार्य समिति उनापानीद्धारा आयोजित प्रवेश कार्यक्रममा उनीहरू औपचारिक रूपमा कांग्रेस प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेस प्रदेश ‘क’ का सभापति मानदेव शाहीका अनुसार, एमाले र माओवादी केन्द्र परित्याग गरी उनीहरू कांग्रेस प्रवेश गरेका हुन्। प्रवेश गर्नेहरूमा नेकपा (एमाले) बाट मेगु थापा र माओवादीबाट प्रेम फडेरा, गोर्ख फडेरा, जानकला फडेरा, अखिल फडेरा, वाटुल्ली फडेरा, जाडु फडेरा, लुटु कार्की, जसे फडेरा, कुम्मेर फडेरा, सिद्ध कामी, धर्मकला कामी, चैनबहादुर फडेरा, याङ्गी फडेरा, गुरु फडेरा, धनकौरा फडेरा रावत, प्यारी फडेरा, पानकला कामी, गदुरी फडेरा, लक्की भियाल र बुद्धि फडेरा रहेका छन् ।
कांग्रेस वडा सभापति मिनबहादुर फडेराको अध्यक्षता र कर्णाली प्रदेश सदस्य तथा पूर्व पार्टी सभापति जयपति रोकायाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रदेश ‘क’ का सभापति मानदेव शाही, कोषाध्यक्ष मैना बुढा, नेपाल महिला संघ प्रदेश ‘क’ अध्यक्ष पवित्रा देवकोटा, वडा अध्यक्ष अकिल कार्कीलगायत नेता–कार्यकर्ताहरूको ठूलो सहभागिता थियो।
कार्यक्रममा नवप्रवेशीलाई कांग्रेसको सदस्यता प्रदानसहित खादा र अबिर लगाएर स्वागत गर्दै कर्णाली प्रदेश सदस्य तथा पूर्व पार्टी सभापति रोकायाले रुखको छायाँ सबको लागि हो भन्दै काग्रेसलाई अझ सबल बनाउन नयाँ ऊर्जा थपिएको बताए ।