असन्तुष्टिको आगोमा मट्टितेल खन्याइँदैछ : गगन थापा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २ सोमबार
688
Shares
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली समाजमा अहिले व्याप्त असन्तुष्टिको आगोमा केही तत्वले मट्टितेल छर्किने काम गरिरहेको बताएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतामा रहेको रिस, आक्रोश र असन्तुष्टिलाई जानाजान दन्दनी बाल्ने काम भइरहेको बताए। उनले यस्ता तत्वलाई चिन्न र उनीहरूले किन यसो गरिरहेका छन् भन्ने बुझ्न जरुरी रहेकोमा जोड दिए।
तर, उनले असन्तुष्टिको आगो सल्काउनेहरूलाई मात्रै प्रश्न गरेर नपुग्ने भन्दै जनताको आक्रोशलाई सम्बोधन गर्नुपर्ने बताए। “असन्तुष्टिको आगो किन बलिरहेको छ, त्यसलाई बुझाउनुपर्छ,” उनले भने, “हाम्रो जिम्मेवारी हो, त्यो तागत हामी राख्छौँ।”
महामन्त्री थापाले काम र परिणामबाट मात्रै असन्तुष्टिको आगो निभाउन सकिने बताउँदै नेपाली कांग्रेसभित्र शुद्धीकरण र जागरणको आवश्यकता रहेको पनि औंल्याए।