arrow

पहिरोले दार्चुला–गोकुलेश्वर सडक अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २ सोमबार
darchula-pahiro.jpg

खलङ्गा। पहिरोका कारण दार्चुला-गोकुलेश्वर सडकखण्डअन्तर्गत तेर्छालेक रनेबास क्षेत्र अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, शैल्यशिखर नगरपालिका-६ र मालिकार्जुन गाउँपालिका-३ को सीमानामा पर्ने उक्त सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएपछि लामो तथा छोटो दुरीका सवारी साधनको आवतजावतमा समस्या भएको छ।

जिल्ला सदरमुकाम खलङ्गाबाट बाहिरिने र भित्रिने सवारी साधनहरू बीच बाटोमै रोकिएका छन्। प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले निरन्तर ढुङ्गा र लेदो खसिरहेका कारण सडक खुलाउनका लागि उपकरण परिचालन गर्न समस्या भइरहेको जानकारी दिएका छन्।

गोकुलेश्वरबाट उपकरण पठाइए पनि अवरोध हटाउन गाह्रो भएको उनले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ