arrow

दिउँसै गोली हानेर दुई लाख लुटियो, तीघ्रामा लागेको गोली वारपार

logo
प्रकाशित २०७३ माघ १२ बुधबार
gun-bullet-ar.jpeg

विराटनगर । मोरङमा हतियारधारी समूहले गोली प्रहार गरी २ लाख लुटेको खबर छ । लुटेरा समूहले जीवन विकास समाज कटहरीका एक कर्मचारीलाई वुधबार दिउँसो गोली प्रहार गरी २ लाख बढी रकम लुटेको प्रहरीले जनाएको छ ।

मोरङ रंगेली–११ गोडीटोलका ३७ वर्षीय घनश्याम बहरदारलाई लुटेराले समूहले गोली हानेको हो । ३–४ जनाको समूहमा आएको हतियारधारी समूहले प्रहार गरेको एक गोली बहरदारको दायाँ तीघ्रामा लागेकाे र  उनको विरानगरस्थित विराट अस्पतालमा उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार बहरदारको बायाँ तीघ्राबाट गोली छोडेर बाहिरिएको छ । उनी जीवन विकासका वरिष्ठ फिल्ड सहायक पदमा कार्यरत छन् । घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरिसकेको र अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्दिप भण्डारीले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ