arrow

अर्थ समिति

वैकल्पिक विकास वित्त विधेयकमाथि छलफल शुरु, अर्थमन्त्रीद्वारा छिटो टुंग्याउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २३ शुक्रबार
poudel-bishnu-.jpg

काठमाडौँ। प्रतिनिधि सभाको अर्थ समितिले वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयकमाथि छलफल शुरु गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको बैठकमा समितिले विधेयकका सम्बन्धमा विज्ञ र संशोधनकर्ता सांसदहरूसँग छलफल गरेको हो।

बैठकमा बोल्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विधेयकलाई छिटो टुङ्गोमा पुर्‍याउन समितिलाई आग्रह गरे। उनले विधेयकमा कुनै भाषागत त्रुटि भए पनि त्यसलाई पछि पनि सच्याउन सकिने भन्दै विधेयकलाई निष्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिए। मन्त्री पौडेलले पहाडी र हिमाली क्षेत्रबाट भइरहेको बसाइँसराइ रोक्न त्यहाँ ठूला आयोजनामा लगानी गर्नुपर्ने आवश्यकता रहेको पनि औँल्याए।

वैकल्पिक विकास वित्तसम्बन्धी कानुन बनेपछि विकासका लागि नयाँ स्रोतहरू परिचालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसबाट रोजगारी सिर्जना, दिगो आर्थिक विकास र दीर्घकालीन लगानीको सुनिश्चितता गर्न मद्दत मिल्नेछ।

यो विधेयक विशेषगरी ऋणपत्र, स्वपुँजी कोष र अन्य वित्तीय उपकरणहरू मार्फत वैकल्पिक विकास वित्त परिचालन गर्न आवश्यक भएकाले सरकारले अगाडि बढाएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ