अर्थमन्त्री पौडेलमाथि आक्रमण नभएको सचिवालयको जानकारी
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २५ बुधबार
2k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । कामचलाउ सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलमाथि कुनै आक्रमण नभएको उनको सचिवालयले जनाएको छ । उनीमाथि आक्रमण भएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरु भ्रामक भएकोसमेत सचिवालयले जनाएको छ ।
पौडेलमाथि आक्रमण भएको भिडियो सामाजिक सञ्जालमा देखाइएको थियो ।
यस्तो छ सचिवालयले जारी गरेको प्रेस नोट– प्रेस नोट
पौडेल आक्रमणमा पर्नु भएको होइन
काठमाडौं, भदौ २५ २०८२ साल भदौ २४ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक हुन् । उहाँमाथि कुनै आक्रमण भएको छैन ।