arrow

जिल्ला अधिवेशन बिना किसान महासंघको प्रदेश अधिवेशन गर्न लागेको भन्दै दोलखा कांग्रेस सभापतिको आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २२ बिहिबार
barma-lama-dolakha-congress.jpg

काठमाडौँ । नेपाली कांग्रेस दोलखाका जिल्ला सभापति बर्मा लामाले नेपाल किसान महासंघ बागमती प्रदेशको अधिवेशन स्थगित गर्न खवरदारीसहित आग्रह गरेका छन् । 

उनले जिल्लाको अधिवेशन नभइ प्रदेशको अधिवेशन हुन नसक्ने भन्दै तत्काल अधिवेशन रोक्न माग गरेका हुन् । सामाजिक सञ्जालमा लेख्दै उनले प्रदेशको अधिवेशन हुँदैछ भन्ने सुन्न आएको उल्लेख गर्दै दोलखा लगायतका जिल्लाहरुमा जिल्ला अधिवेशन नगराई प्रदेश अधिवेशन हुन नसक्ने बताए । 

उनले जिल्ला अधिवेशन गराउन दोलखा कांग्रेसले कुनै पत्र प्राप्त नगरेको बताउँदै किसानसँग मौखिक वा फोन मार्फतसमेत कुनै जानकारी नआएको स्पष्ट पारे । 

सभापति लामाले दोलखा जिल्लालाई बाहेक गर्नु पर्ने के कारण के पर्यो ? भनी प्रश्नसमेत गरेका छन् ।

उनले कोठे बैठक गरेर भित्री खल्तीको प्रतिनिधि छनोट गरेर जिल्ला -जिल्लामा अधिवेशन नगरी कुनै खबरसमेत नगरेर कपोलकल्पित बागमती प्रदेश अधिवेशन कांग्रेस दोलखालाई मान्य नहुने अवगत गराउँदै स्थगित गर्न-गराउन खबरदारीसहित अनुरोध गरेका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ