विकास निर्माणमा उत्कृष्ट काम गरेको भन्दै यो नगरपालिकालाई सम्मान
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २१ बुधबार
465
Shares
काठमाडौँ । विकास निर्माणका कार्यमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै बागलुङ नगरपालिकालाई सम्मान गरिएको छ। विश्व बैंकले नेपाल सरकारमार्फत उपलब्ध गराएको रु ४८ करोडको अनुदानबाट निर्माण भएका सडकहरूको काम छिटो र प्रभावकारी रूपमा सम्पन्न गरेपछि नगरपालिकालाई सम्मान गरिएको हो।
नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत १७ वटा नगरपालिकामा विकास निर्माणको काम भएको थियो। तीमध्ये बागलुङ नगरपालिकाले सबैभन्दा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सम्मान पाएको हो। गत असारमा ठेक्का सम्झौता भएको तीनवटा सडकमध्ये दुईवटा सडक सात महिनामै कालोपत्र गरिएको थियो।
ओडारचौर-ढोडेनी सडक: २.२ किलोमिटर लम्बाइको यो सडक कालोपत्र भइसकेको छ। गणेशथान-निरयघाट सडक: १.५ किलोमिटर लम्बाइको यो सडक पनि कालोपत्र सम्पन्न भइसकेको छ।
बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठलाई उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले उत्कृष्ट कार्यसम्पादनका लागि सम्मान गरेका हुन्।
तेस्रो सडक, मूलपानी-तितौरे (८.६ किलोमिटर) को काम पनि द्रुत गतिमा भइरहेको छ। निर्माण व्यवसायीका अनुसार यस सडकको काम ७० प्रतिशत सम्पन्न भइसकेको छ र वर्षा सकिएलगत्तै कालोपत्रे गरिनेछ।