-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
बागलुङ । स्थानीय प्रशासनको आह्वानअनुरुप यहाँका स्थाानीयले इजाजत प्राप्त ४२ थान हतियार प्रशासनसमक्ष बुझाएका छन् ।
जिल्ला प्रशासन कार्यालयका अनुसार भरुवा बन्दुक, सटगनलगायत हतियार स्थानीयले बुझाएका हुन् ।
हतियार बुझाउने क्रम जारी रहेको प्रमुख जिल्ला कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
उनले हतियार लिएका सबैलाई निर्वाचन अगाडि नै प्रहरी प्रशासनसमक्ष बुझाउन पुनः आग्रह गरेका छन् ।
अटेर गरेमा अनुमतिपत्र रद्द गरिने चेतावनी दिँदै उनले नजिकको प्रहरी चौकी वा आफूलाई पायक पर्ने सुरक्षा निकायमा हतियार बुझाउन अनुरोध गरेका छन् ।
यसअघि जिल्ला प्रशासन कार्यालयले खोजी अभियान सञ्चालन गरेर अनुमति नलिएका एक सय १५ थान हतियार बरामद गरेको थियो । रासस