arrow

माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच पार्टी एकता हुने, एकीकृत समाजवादीसँग पनि छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १९ सोमबार
agni-ssa.jpg

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पार्टी एकता गर्ने निर्णय गरेको छ। सोमबार पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकले यो निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्नि सापकोटाले नेकपासँग एकताका लागि मिति तय गरेर वार्ता समिति बनाउने निर्णय भएको बताए। उनले पार्टी एकताका लागि सकारात्मक छलफल भइरहेको जानकारी दिए।

यसबाहेक, बैठकमा पार्टी एकताकै विषयमा नेकपा (एकीकृत समाजवादी) सँग पनि छलफल भइरहेको जानकारी दिइएको छ। प्रवक्ता सापकोटाले समाजवादी मोर्चालाई नै पार्टी एकीकरणमा रुपान्तरण गर्ने माओवादी केन्द्रको लक्ष्य रहेको बताएका छन्। उनले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल पनि मोर्चामा आउने सम्भावना रहेको बताए।

बैठकमा समसामयिक राजनीति र पार्टीको आन्तरिक संगठनात्मक विषयमा पनि छलफल भएको प्रवक्ता सापकोटाले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ