arrow

चार हात्तीले जन्माए छावा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १९ सोमबार
elephant-bahundangi-jhapa.jpg
फाइल तस्बिर

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेका चार हात्तीले छावा जन्माएका छन् । विसं २०८१ चैतदेखि यता ती हात्तीले छावा जन्माएका हुन् ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार विसं २०८१ चैत ८ गते रिमझिम कलीले दीपगज, विसं २०८२ असार २८ गते लोकतन्त्रकलीले बेदगज, असार ३० गते तीर्थमानकलीले बिभ्रकली र साउन ७ गते तमोरकलीले रामप्रितगज जन्माएका हुन् ।

निकुञ्जले सञ्चालन गरेको हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका हात्तीले छावा जन्माएका हुन् । हात्तीले गर्भधारण गरेको १८ देखि २२ महिनामा बच्चा जन्माउने गर्दछ । 

खोरसोरमा अब चितवनकली गर्भवती रहेको उनले जानकारी दिए । चितवनकलीले अबको दुई तीन महिनामा छावा जन्माउने उनले बताए ।

अहिले खोरसोरमा रहेका छ वटा छावालाई तालिम दिइएको छ भने सात वटालाई तालिम दिन बाँकी रहेका छन् । 

अहिले निकुञ्जका विभिन्न स्थानमा गरी ५८ वटा हात्ती रहेका छन् । हात्तीले बच्चा जन्माउन लामो समय लाग्ने भएकाले जन्मिएका छावालाई विशेष रूपमा हेर्ने गरिएको छ । छावाको न्वारन विधिपूर्वक गरिने गरिन्छ । 

प्रजनन केन्द्रमा हुर्किएर तालिम दिएपछि हात्तीलाई निकुञ्जका विभिन्न सुरक्षा पोष्टमा पठाउने गरिन्छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ