arrow

भारत विकास र प्रविधिमा निकै अगाडि बढ्यो, नेपालले फाइदा लिनुपर्छ – परराष्ट्रविद् लोहनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १८ आइतबार
mohan-lohani-foreign-expert.jpg

काठमाडौँ । परराष्ट्रविद् डा मोहन लोहनीले छिमेकी मुलुक भारत विकास र प्रविधिमा निकै अगाडि रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रममा उनले भारतको अनुभव र प्रविधिबाट नेपालले फाइदा लिन सक्नुपर्ने बताए । 

‘भारत अहिले धेरै अगाडि बढिसकेको छ, विकासको क्षेत्रमा, प्रविधिको क्षेत्रमा । भारतको अनुभवबाट मात्रै होइन, भारतले प्रयोग गर्ने प्रविधिबाट पनि नेपालले धेरै फाइदा लिन सक्छ । त्यतापट्टी हाम्रो ध्यान हुनुपर्छ’, उनले भने । 

साथै निकट भविष्यमै हुने प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबाट दुई देशको बीचमा रहेका समस्या सर्टआउट हुनुपर्ने उनले बताए । 

‘निकट भविष्यमै प्रधानमन्त्रीको पनि भारत भ्रमण हुँदैछ । नमिलेको कुराहरु पनि दुई जनाको छलफलमा, दुई जनाको वार्तामा त्यो सर्टआउट होला भन्ने आशा छ’, उनले भने । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ