arrow

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १८ आइतबार
maoist-centre-parisdada.jpg

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज पनि बस्दैछ। यही साउन १६ गतेदेखि सुरु भएको यो बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ।

पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार, बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्तावमाथि स्थायी समिति सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी छ।

शनिबारसम्म १८ जना स्थायी समिति सदस्य, पाँच पदाधिकारी र एक अनुशासन आयोगका पदाधिकारीले आफ्नो विचार राखिसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ