नेपालगन्ज । काँग्रेस सभापति शेरबहादुर देउवाले लौहपुरुष गणेशमान सिंहको पूर्ण कदको शालिक अनावरण गर्दै लोकतन्त्र संस्थागत गर्न गणेशमानको बाटोमा हिाड्नु पर्ने बताएका छन् ।
देउवाले लोकतन्त्रका लागि सिंहले देखाएको बाटामा हिँड्न सके मुलुकको विकास र समृद्धि छिट्टै हुने समेत बताए । संविधान संशोधनले मधेसको भावनाको कदर हुने बताउँदै देउवाले संशोधनका पक्षमा आउन सबै राजनीतिक दललाई आह्वान गरे ।
निर्वाचनमा सबै दल सहभागि हुनुपर्नेमा जोड दिँदै देउवाले संविधानको सफल कार्यान्वयनका लागि निर्वाचन एक मात्र विकल्प हो,–भने।
काँग्रेसका नेता एवं गणेशमानसिंह फाउन्डेसका अध्यक्ष प्रकाशमान सिंहले नेता गणेशमान सबै नेपालीको साझा सम्पत्ति हुन्, भने । किरण कोइरालाको अगुवाइमा भएको कार्यक्रममा केन्द्रीय सदस्य किशोरसिंह राठौर, सांसद बादशाह कुर्मी, अञ्जना गुरुङ, सर्वताआलम खान, सञ्जय गौतम र माओवादी केन्द्रका केन्द्रीय सदस्य दामोदर आचार्यलगायतले पनि राजनीतिज्ञ सिंहको योगदानबारे चर्चा गरे ।