-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ।
बैठकमा मुख्यगरी पार्टीभित्र देखिएको पछिल्लो आन्तरिक विवाद, पार्टी संगठनको विस्तार, र समसामयिक राजनीतिक विषयहरूमा छलफल हुनेछ।
यसका साथै, समाजवादी मोर्चाको विषय र नेकपा (एकीकृत समाजवादी) सँगको पार्टी एकताका बारेमा पनि छलफल हुने सम्भावना रहेको बताइएको छ।