बागमती प्रदेशमा एमालेद्वारा कांग्रेस संस्थापन पक्षलाई समर्थन गर्ने घोषणा
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १४ बुधबार
584
Shares
हेटौँडा। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बागमती प्रदेश सरकारमा प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसको संस्थापन पक्षलाई समर्थन दिने घोषणा गरेको छ। नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले संसदीय दलको निर्णय सार्वजनिक गर्दै सो जानकारी गराएका हुन्।
थपलियाले नेपाली कांग्रेसको व्यक्ति नभएर दलसँग सत्ता साझेदारी गरिएको बताउँदै, कांग्रेसमा जो संस्थापन बनेर आउँछ, उसलाई समर्थन गर्ने जनाएका छन्। उनले नेपाली कांग्रेसको आन्तरिक समस्याका कारण सरकारमा समस्या आउन नदिन नेकपा एमाले सजग रहेको पनि बताए।
यसैबीच, नेपाली कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले गर्न लागेको मन्त्रीमण्डल विस्तारलाई नेकपा एमालेले रोक्न लगाएको थियो।