arrow

दुई वर्षे छोरी छाडेर आमा ९ दिनदेखि बेपत्ता

logo
प्रकाश धौलाकोटी
प्रकाशित २०७३ माघ ११ मंगलबार
Woman_Vector.jpeg
तेह्रथुम। तेह्रथुममा एक महिला ९ दिनदेखि बेपत्ता भएकी छिन् । माघ २ गते घरबाट पाँचथर जान्छु भनेर हिडेकी ह्वाकु–३ की रुपा मावो कालिकोटे सोही दिनदेखि सम्पर्क विहीन रहेकी परिवारले जनाएको छ । पाँचथरको फिदिममा रहेका दाईलाई भेट्न र जण्डिस भए नभएको जाँच गराउन भनी घरबाट निस्किएकी श्रीमतीले पाँचथर पुगेपछि सम्पर्क नै गर्न छाडेकी र बेपत्ता भएकी श्रीमान् किरण कालिकोटेले बताए । 
 
पाँचथरको थर्पु माइती घर भएकी रुपा र किरणको २०७० सालमा अन्तरजातीय विवाह भएको थियो । तर परिवारिक सम्बन्ध राम्रै रहेको र घर सल्लाहबाटै श्रीमतीलाई उपचारकालागि पठाएको भएपनि सम्पर्क विहीन भएपछि प्रहरीमा उजुरी गरेको किरणले बताए । 
 
उनीहरुको २ वर्षे नाबालक छोरी समेत रहेकी छिन् । ‘पाँचथरको माझीटार कट्दासम्म फोन सम्पर्क भएको थियो, त्यसपछि सम्पर्क हुन सकेनँ, इलाका प्रहरी कार्यालय सक्रान्तिजबार आएका किरणले भने । आफन्त, नातागोतामा समेत सम्पर्क गर्दा उनको बारेमा थाहा नभएपछि प्रहरीमा उजुरी गरेको उनले बताए । 
 
रुपा चढेको गाडीका चालकका अनुसार फिदिम हिँडेकी रुपा विर्तामोडसम्म गाडीमै गएकी छिन् । श्रीमतीको अवस्था अत्तो पत्तो नभएको भन्दै खोजी गरिदिन आग्रह गरेको किरणले बताए । प्रहरीले किरणको उजुरीपछि खोजीको काम थालेको जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ