arrow

बानियाँ बने बागमती कांग्रेस संसदीय दलको नेता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १४ बुधबार
indra-baniya-2079.jpg

हेटौँडा। बागमती प्रदेशसभा, नेपाली कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ चयन भएका छन्।

आज सम्पन्न निर्वाचनमा उनले २२ मत प्राप्त गरेर निवर्तमान दलका नेता तथा मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गरेका हुन्। निर्वाचन समितिका अनुसार, मुख्यमन्त्री लामाले १४ मत प्राप्त गरेका थिए।

निर्वाचनमा कुल ३७ प्रदेशसभा सदस्यले मतदानमा भाग लिएका थिए र एक मत बदर भएको जनाइएको छ।

यसअघिको दलको नेताको निर्वाचनमा पनि बानियाँ र लामाबीच नै प्रतिस्पर्धा भएको थियो, जसमा लामाले २१ मत प्राप्त गरी दलको नेतामा चयन भएका थिए भने बानियाँले १६ मत प्राप्त गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ