निजामति विधेयकको संशोधनले गम्भीर बनायो: माओवादी प्रमुख सचेतक पाण्डे
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ७ बुधबार
604
Shares
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले राष्ट्रिय सभामा नेकपा एमालेका सांसदहरूले निजामति विधेयकमा राखेको संशोधनले आफूलाई गम्भीर बनाएको बताएका छन्। उनले विशेषगरी 'कुलिङ पिरियड' हटाउने प्रस्तावमा एमालेका प्रमुख सचेतकले नै संशोधन दर्ता गरेकोमा आफ्नो चिन्ता व्यक्त गरे।
संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाण्डेले राष्ट्रिय सभाका सांसदहरूको अधिकारलाई सम्मान गर्नुपर्ने भए पनि प्रमुख सचेतकजस्तो आधिकारिक व्यक्तिले यस्तो संशोधन ल्याउनुको कारण स्पष्ट हुनुपर्नेमा जोड दिए। उनले भने, “राष्ट्रिय सभामा नेकपा एमालेको प्रमुख सचेतकसहितले जसरी संशोधन राख्नुभएको छ, त्यसले हामी सबैलाई गम्भीर बनाएको छ।”
यसैगरी, प्रमुख सचेतक पाण्डेले भूमिसम्बन्धी विधेयक 'फास्ट ट्रयाक' मा पास गर्ने कुरा माओवादीले स्वीकार नगर्ने पनि बताए।