arrow

तेस्रो पटक म्याद थप

विष्णु पौडेललाई थप छ दिन थुनामा राख्न विशेष अदालतको अनुमति

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
bishnu-poudel-83-3-15 (4).jpg

काठमाडौँ । विशेष अदालतले नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि तेस्रो पटक म्याद थप गरेको छ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आज पूर्वअर्थमन्त्री पौडेललाई थप ६ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो। अदालतले यसअघि उनीविरुद्ध पहिलो पटक सात दिन र दोस्रो पटक तीन दिनको म्याद दिएको थियो।

अदालतको आदेशमा भनिएको छ, “सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका आरोपी विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान प्रयोजनार्थ म्याद थपका लागि पेस भएकामा आज तेस्रो पटक ६ दिन म्याद थप भएको छ।”

उपाध्यक्ष पौडेललाई गत असार ८ गते सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो। उनलाई हाल अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ