arrow

एमाले पोलिटब्युरो बैठकमा केपीको उमेर र विद्याको सदस्यता नवीकरणमाथि छलफल [भिडियो]

७० वर्षे उमेर हद, दुई वर्षे कार्यकालको व्यवस्था र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता नवीकरण गरेको विषयमा नेताहरूले राखे आफ्ना धारणा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३ शनिबार
uml-netas.jpg

काठमाडौँ। नेकपा (एमाले) को पोलिटब्युरो बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उमेर हद, दुई वर्षे कार्यकालको व्यवस्था, र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता नवीकरण गरेको विषयमा छलफल भएको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले विधान संशोधनका प्रस्तावमाथि आफ्ना धारणा राखे। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, अहिलेसम्म ३२ जना नेताले बोलिसकेका छन् र बाँकी ४० जनाले धारणा राखेपछि आजै बैठक समापन गरिनेछ। अध्यक्ष ओलीले बैठक आजै सक्ने निर्देशन दिएकाले सोहीअनुसार छलफल अघि बढाइएको छ।

बैठकमा नेताहरूले विशेषगरी ७० वर्षे उमेर हद हटाउने, दुई वर्षे कार्यकालको व्यवस्था को औचित्य, पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा प्रवेश र उनको पार्टी सदस्यता नवीकरण लगायतका विषयमा केन्द्रित रहेर विचार व्यक्त गरेका छन्।

साथै, नेताहरूले जिल्ला कमिटीलाई समन्वयकारी बनाउने र प्रदेश कमिटी तथा स्थानीय कमिटीलाई कार्यकारी बनाउनुपर्ने जस्ता महत्त्वपूर्ण सङ्गठनात्मक सुझावहरू पनि दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ