एनआईसी एशिया बैङ्क र नगरकोट सामुदायिक होमस्टेबीच सहकार्य
ग्राहकहरूलाई डिजिटल भुक्तानीमा १० प्रतिशत छुटको व्यवस्था
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १ बिहिबार
383
Shares
काठमाडौँ। एनआईसी एशिया बैङ्क र नगरकोट सामुदायिक होमस्टेबीच यस बैङ्कका ग्राहकहरूलाई होमस्टे सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ। यस सम्झौतासँगै अब यस बैङ्कका ग्राहकहरूले १७ घरपरिवारद्वारा सञ्चालित नगरकोट सामुदायिक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको विशेष सुविधा प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ।
चाँगुनारायण, भक्तपुरमा अवस्थित नगरकोट सामुदायिक होमस्टेको सेवा लिई ग्राहकहरूले यस बैङ्कको मोबाइल बैङ्किङ सेवा (मोबैङ्क) एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा उपभोग गर्न सकिनेछ।
वित्तीय समावेशीकरण तथा डिजिटल सशक्तीकरणमा डिजिटल भुक्तानीलाई प्रवर्द्धन गरिरहेको यस बैङ्क र नगरकोट सामुदायिक होमस्टेबीचको यस साझेदारीले ग्राहकहरूलाई सरल, सहज, सुरक्षित डिजिटल भुक्तानी सुविधा उपलब्ध हुनुको साथै दिगो ग्रामीण पर्यटन विकासका टेवा पुग्ने बैङ्कले विश्वास लिएको छ।