कारबाही पुनरावलोकन गरी सफाइ दिन तेह्रथुम कांग्रेसको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३१ मंगलबार
3.3k
Shares
काठमाडौँ । तेह्रथुम जिल्ला नेपाली कांग्रेसका सभापति अर्जुनबहादुर तुम्बाहाङ्फेले जिल्लाका नेताको कारबाही पुनरावलोन गरी सफाइ दिन आग्रह गरेका छन् ।
केही दिनअघि पार्टीको केन्द्रीय अनुशासन समितिले जिल्लाका नेता सभासद तथा महासमिति सदस्य तुलसी सुब्बालाई एक वर्षका लागि निष्काशन गरेको भन्दै उनले जिल्ल कार्यसमिति तेह्रथुमको ध्यानाकर्षण भएको जनाएका छन् ।
०७९ को निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन गरी चुनावी एकता भएको थियो । सो अनुसार कांग्रेस केन्द्रीय सदस्य सीता गुरुङ प्रतिनिधि सभामा र माओवादी केन्द्रका दुर्गा चापागाईँ प्रदेश खमा निर्वाचित भएका थिए । तर प्रदेशमा उम्मेदवार सन्तोष सुब्बा झिनो मतले पराजित भए ।
उनी पराजित भएसँगै पार्टीले तुलसीलाई कारबाही गरेको हो । पार्टीले अबको चुनावमा पार्टीलाई सशक्त बनाइ विजय गराउन संगठित हुन आन्तरिक रुपमा गृहकार्य भइरहेको भन्दै तत्काल उनको पुनरावलोकन गरी सफाइ दिन आग्रह गरिएको हो ।