काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) मा रिक्त केही प्रहरी नायब महानिरीक्षक (डीआईजी) का लागि आवेदन आह्वान गरिएको छ ।
बढुवा समितिले सूचना जारी गर्दै डीआईजीका केही पद रिक्त रहेकाले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरु (एसएसपी) लाई आफूले प्राप्त गरेको शैक्षिक योग्यता लगायतका बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रका प्रतिलिपिहरु संलग्न गरी बिहीबार २६ गतेदेखि पाँच दिनभित्र पेश गर्न भनेको छ ।
उक्त फारम ५ दिनभित्र गृह मन्त्रालयको बढुवा समितिको सचिवालयमा पेश गर्न बढुवा समितिको बिहीबारको निर्णयअनुसार भनिएको हो ।
लेखा समूहतर्फ, प्राविधितर्फ सञ्चार तथा इन्जिनियरिङतर्फ पनि खुलाएर आवेदन दिन भनिएको छ ।