सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
254
Shares
काठमाडौँ । गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई दज्र्यानी चिह्न प्रदान गरेका छन्। गृह मन्त्रालयमा आज आयोजित एक विशेष कार्यक्रमका बीच सचिव श्रेष्ठले महानिरीक्षक पौडेललाई उक्त चिह्न लगाइदिएका हुन्।
मन्त्रिपरिषद्को यही वैशाख १४ गते बसेको बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा कार्यरत पौडेललाई महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो।
तत्कालीन महानिरीक्षक राजु अर्यालले यही वैशाख १८ गतेदेखि अनिवार्य अवकाश पाएपछि रिक्त रहेको उक्त पदमा पौडेललाई नियुक्त गरिएको हो।