काठमाडौँ । सुनसरीको बर्जु गाउँपालिका–६ स्थित ताल नजिकैबाट बिहीबार राति सशस्त्र प्रहरीले गैँडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ।
झापाबाट खाग लिएर आउँदै गरेको गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक श्याम कार्कीका अनुसार पक्राउ परेकाहरूको साथबाट एउटा खाग र दुईवटा मोटरसाइकल बरामद गरिएको छ।
यस घटनामा संलग्नहरूको सञ्जाल ठूलो हुन सक्ने र थप अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरूको नाम भने हाललाई गोप्य राखिएको सशस्त्र प्रहरीले जनाएको छ।