arrow

बागलुङमा बाढीले लघुजलविद्युत् आयोजना र पुल बगायो, १३० घरमा बिजुली आपूर्ति बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २५ बुधबार
Baglung-hamrakura.jpg.jpeg

बलेवा (बागलुङ)। जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस आज बिहान आएको बाढीले बगाएको छ।

स्थानीय गङ्गा आचार्यले दिएको जानकारीअनुसार, गत वर्ष मात्रै रु ३५ लाख खर्चेर निर्माण गरिएको स्टिल पुल पनि बाढीले बगाएको छ।

बाढीका कारण केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरमा पनि क्षति पुगेको छ। ट्रान्सफर्मरमा क्षति भएपछि पैञ्युथन्थापका १३० घरमा बिजुली आपूर्ति बन्द भएको छ।

पैञ्युथन्थापको खरेयाबोटका दुई परिवार बाढीबाट विस्थापित भएका छन् भने सात परिवार बाढीपहिरोको जोखिममा रहेका छन्। बाढीले खोला किनारमा लगाइएको धानबालीमा समेत क्षति पुर्‍याएको स्थानीय आचार्यले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ