arrow

स्कुल बसकाे ठक्करबाट दुई युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २४ मंगलबार
accident-final.jpg

काभ्रे । काभ्रेमा मंगलबार साँझ स्कुल बसले र मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार नमोबुद्ध नगरपालिका वडा नं २ का २३ वर्षीय पासाङ तामाङ र पछाडि सवार २२ वर्षीय विजय तामाङ छन् ।

दुर्घटनामा गम्भीर घाइते भएको उनीहरुको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरी चौकी भकुण्डेबेंसीका प्रहरी नायब निरीक्षक गोपाल खड्काले जानकारी दिए । 

प्रहरीका अनुसार बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका वडा नं २ सेल्फीडाँडामा बा४ख ७१ नम्बरको सगुन विद्या मन्दिरको स्कुल बसले र विपरीत दिशाबाट बा७१प ६८८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

बसका चालक फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । बस प्रहरीको नियन्त्रणमा छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ