ताप्लेजुङमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जना घाइते, तीनको अवस्था गम्भीर
हाम्रा कुरा
प्रकाशित २०८२ असार १८ बुधबार
629
Shares
ताप्लेजुङ। ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ मा गए राति पहिरोले घर पुरिँदा एकै परिवारका चार जना घाइते भएका छन्।
स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनीसहित उनकी श्रीमती ठगमाया, छोरा जगत् र छोरी सम्झना घाइते भएका हुन्। स्थानीय मौसम सेलिङले राष्ट्रिय समाचार समिति (रासस) लाई यसको जानकारी दिएका हुन्।
घरमाथि रहेको कुलो थुनिएर पहिरो खस्दा कटुवालको घर पुरिएको हो। पहिरो लगत्तै छिमेकीहरूले कटुवाल परिवारको उद्धार गरेका थिए।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई थप उपचारका लागि पाँचथर लैजाने तयारी भइरहेको छ।