arrow

संसदीय सुनुवाइ समिति

संसदले पारित गरेको विधेयकमा अदालतको हस्तक्षेप बढेकोमा कांग्रेस प्रमुख सचेतकको आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १६ सोमबार
shayam-gh.jpg

काठमाडौँ। नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विनियोजन विधेयकभित्र पनि अदालत प्रवेश गरेको भन्दै गम्भीर आपत्ति जनाएका छन्। सोमवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शान्तिसिंह थापाको कार्ययोजना प्रस्तुतपछि बोल्दै उनले यस्तो बताएका हुन्।

भएको र सर्वोच्च अदालतमा मुद्दाहरू वर्षौंसम्म अल्झिने गरेकोमा चिन्ता व्यक्त गरे। उनले शक्ति पृथकीकरणको सिद्धान्तको बारम्बार उल्लंघन भइरहेको भन्दै यसलाई रोक्नुपर्नेमा जोड दिए। "एउटाको अधिकार क्षेत्रभित्र अर्को प्रवेश गर्दा यो अभ्यास बारम्बार देखिएको छ। यसलाई रोक्नै पर्छ। यो रोकिएन भने एक प्रकारको असामञ्जस्यता निर्माण गर्दछ," उनले भने।

घिमिरेले संसदले पास गरेका विधेयकहरू, विशेषगरी विनियोजन विधेयकहरूमा समेत अदालतले प्रवेश गर्नु पटक्कै राम्रो नभएको बताए। उनले अदालतले कानुन र संविधानको व्याख्या गर्ने भए पनि त्योभन्दा बाहिर गएर संसदको अधिकार क्षेत्रमा प्रवेश गर्दा कार्यपालिका र व्यवस्थापिकालाई काम गर्न असजिलो भएको तर्क गरे।

प्रमुख सचेतक घिमिरेले न्यायालयको असाधारण अधिकार क्षेत्रको दुरुपयोग हुन थालेको आरोप लगाए। उनले असाधारण अधिकार क्षेत्रको नाममा कार्यान्वयन नै हुन नसक्ने, अस्वाभाविक र अव्यावहारिक निर्णयहरू गरिदिने गरेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ