पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक पुनरागमन: आफ्नो चाहनालाई नकार्न नसकिने [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असार १५ आइतबार
884
Shares
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले देशको सर्वोच्च पदमा पुगिसकेको व्यक्तिलाई राजनीतिमा फर्कन संविधानले नरोक्ने बताएका छन्। उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको हालैको राजनीतिक पुनरागमनको घोषणाबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो धारणा राखेका हुन्।
शनिबार जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले 'समृद्ध नेपाल र सुखी नेपाली' को चाहना पूरा नभएकाले आफू राजनीतिमा पुनः अग्रसर हुनुपर्ने देखेको र सोही लक्ष्य पूरा गर्न नेकपा एमालेको सदस्यता नवीकरण गरेको घोषणा गरेकी थिइन्।
सोही बारेमा सोधिएको प्रश्नमा प्रमुख सचेतक पाण्डेले सम्माननीय पदमा पुगिसकेको व्यक्ति भए पनि आफ्नो चाहनालाई नकार्न नसकिने बताए। उनले संविधानले राजनीति गर्नबाट नरोकेको जिकिर गरे।
पाण्डेले कम्युनिष्टहरूका बीचमा एकता हुनुपर्ने सैद्धान्तिक कुरा भए पनि पूर्वराष्ट्रपति भण्डारीको सक्रियताले तत्काल वाम एकता भइहाल्नेमा आफू विश्वस्त नरहेको बताए। उनले भण्डारीको पुनरागमनलाई उनको 'आफ्नै निर्णय' का रूपमा लिएको संकेत गरे।