arrow

एमाले सचिवालयको निर्णय

एमाले विधान महाधिवेशन गोदावरीमा, विन्दा र उषाकिरणको निलम्बन फुकुवा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ११ बुधबार
uml-sachibalaya-01-01.jpg

काठमाडौं। नेकपा (एमाले) को आगामी विधान महाधिवेशन गोदावरीमा हुने भएको छ। बुधबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो।

एमालेले आफ्ना स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ। पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङबाट १० रोपनी जग्गा चन्दा लिएर पार्टी कार्यालय बनाउने निर्णयको विरोध गर्दै पाण्डे र तिम्सिनाले सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए। सोही कारण एमालेले उनीहरू दुवैलाई ६ महिनाका लागि निलम्बन गरेको थियो।

उपमहासचिव ज्ञवालीका अनुसार, सचिवालय बैठकले आगामी विधान महाधिवेशन गोदावरीमा गर्ने निर्णय गरेको छ। महाधिवेशनको तयारीका लागि केन्द्रीय कमिटीको बैठक आगामी साउन ५ गते काठमाडौंमा बोलाउने निर्णयसमेत ज्ञवालीले जानकारी दिए।

यस निर्णयले एमालेभित्रको आन्तरिक विवाद समाधानतर्फ उन्मुख भएको र पार्टी अब आगामी विधान महाधिवेशनको तयारीमा केन्द्रित हुने संकेत दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ