arrow

 कांग्रेसको दलित संघमा भाँडभैलो, अध्यक्षको मनोमानीप्रति आपत्ति 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १० मंगलबार
congress-party-office-05-16.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघमा भाँडभैलो मच्चिएको छ । केन्द्रीय तदर्थ समितिका अध्यक्ष लोकबहादुर विश्वकर्माले संघको कार्यसम्पादन समितिको २०८२ असार ८ गतेको बैठकको निर्णय भन्दै ४१ जिल्लामा अध्यक्षको मनोनयन गरेको भन्ने सामाजिक संजालमार्फत जानकारी हुन आएको भन्दै असन्तुष्टि मच्चिएको हो । 

कार्यसम्पादन समितिका ८ सदस्यहरुले उक्त मनोनयन बारेमा गम्भीटर ध्यानाकर्षण भएको भन्दै भन्दै मनोनयन खारेजीको माग गरेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले गठन गरेको नेपाल दलित संघ केन्द्रीय निर्देशक समितिको समन्वय विपरीत नेपाल दलित संघका अध्यक्षले कार्यसम्पादन समितिका सदस्यहरुको राय, सल्लाह र निर्णय विपरीत गरिएको जिल्ला अध्यक्षहरुको, प्रदेश अध्यक्षको मनोनयन तत्काल खारेजी गरी केन्द्रीय निर्देशक समितिको निर्णय बमोजिम क्रियाशील सदस्यता वितरण, वडा, पालिका, प्रदेश क्षेत्र, संघीय क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिको अधिवेशन गर्ने वातावरण श्रृजना गर्न पनि माग गरेका छन् । 

विज्ञप्तिमा आफूहरुको अनुरोधलाई बेवास्ता गरेमा आगामी दिनमा चरणबद्ध आन्दोलन गर्ने चेतावनी पनि दिइएको छ । 

विज्ञप्ति जारी गर्ने कार्यसम्पादन समिति सदस्यहरुमा १. मक्त बहादुर महते २. शिवबहादुर सुनार ३. रामसुन्दर महरा ४. धर्म नेपाली ५. हरिहर परियार ६. पवित्रा  विश्वकर्मा ७.  सन्जु सिंह विश्वकर्मा र ८. प्रेम विश्वकर्मा रहेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ